Wednesday, July 6, 2016

पोर्चुगल युरो कप फाइनलमा पुग्न सफल

बुधबार जुलाई ०६ , २०१६. पोल्याण्ड,


आज भएको सेमिफाइनल खेल बाट वेल्स घर फर्किएको छ।  फ्रान्सको लियोन सहरमा भएको खेलमा पोर्तुगलासंग वेल्स २-० गोल अन्तरले हारेको छ।  जितसंगै पोर्तुगल युरोकपको फ़ाइनल पुग्न सफल भएको छ।  उसको प्रतिस्र्पर्ध अर्को सेमिफ़ाइनल खेलको बिजेतासंग हुनेछ।
आज रातमा भएको खेलमा पहिलो हाफसम्म गोलरहित भएको खेल दोश्रो हाफमा क्रिस्टियानो रोनाल्डोले हेडमार्फ़त पहिलो गोल गरेका थिए।  दोश्रो गोल छोटो समय अन्तरालमा नानीले गरेपछि वेल्स २ गोलले पछाडी परेको थियो।

आज भएको खेलमा पोर्तुगलका मुख्य स्ट्राइकर रोनाल्डो उत्कृष्ट खेल पस्किए।  जसले जित सहज भयो।   रोनाल्डोको आजको खेलमा उनको समर्थनमा फ्रान्सको खेलमैदानमा प्रसस्तै फ्यानहरु देखिन्थे।

Euro 2016
portugal vs wales