Sunday, October 18, 2015

समावेशीको भागबन्डामा पाच-खालको दाउ: उपप्रधानमन्त्री

By:sridos basyal,१ कार्तिक २०७२ (राजनीति),


पाच-उपप्रधानमन्त्री पक्का:लोल 

 प्रधानमन्त्री केपी ओलीद्वारा दोश्रो चरणको मन्त्रीमंडल बिस्तार गरेका छन्। पहिलो चरणको बिस्तारमा दुइ उपप्रधानमन्त्रीको जिम्बेवारी दिएका ओलीले आफ्नो अनुपस्थितको लागि बलियो मन्त्रीमंडल बनाउने योजना देखिन्छ।
यसअघि विजय गच्छादार भौतिक योजना र कमल थापालाई पररास्ट्रमंत्रीको जिम्बेवारिमा उप-थप गरिदिएका छन्।  दोश्रो चरणमा नौ मंत्री नियुक्त गरेर मन्त्रीपरिषदको बिस्तार गरेका छन्। उपप्रधानमंत्री
सहित  एमाओबादिका उर्जा मंत्री टोपबहादुर, सक्ति बस्नेत गृहमन्त्री, गिरिराजमणि सिक्षा,रेखा शर्मा सामान्य प्रशासन,अग्नि सापकोटा बन,गणेशमान आपूर्ति,उमेश यादब सिंचाईमन्त्रीमा नियुक्त भएका छन्
त्यसैगरी फोरम लोकतान्त्रीकका रामजनम र बहुजन समाजबादी विश्वेन्द्र पासमान बिना टुंगो मंत्री भए। ओली पार्टी एमालेको भागका मन्त्रीको बिबादले छनोट नहुदै अहिलेको मंत्रीपरिसद २० सदस्य भएको छ।  जसमा सबै पार्टीको भागमा एक उप-सहित....................

लामो इतिहास तोड्दै जनमोर्चा अदक्षय चित्रबहादुर केसी पनि ओली सरकारको पक्षमा देखिएका सम्मानजनक पद पाए सरकारमा जाने सार्बजनीक नै गरे। त्यसको तात्पर्य उनलाई पनि एउटा उपप्रधानमन्त्री नै चाहिएको हो।  माले महासचीब सिपि मैनाली पनि एउटा कुनै मन्त्रालयसहित उपप्रधानमंत्री हुने पक्का छ।  एमालेको भागमा उपप्रधानमन्त्री हुने कोटा बाकि नै छ।  महत्वपूर्ण मन्त्रालयको जिम्बेवारी सहित सरकारमा जाने ओली गुट र नेपाल गुटको बिबादले आफ्नै पार्टीले पार्टीको तर्फबाट मंत्री छान्न सकेका छैनन।

 अब हेरौ एउटा नया इतिहासको ओली सरकार :उपप्रधानमन्त्रीको दाउ,,,,,,
१. एमालेको तर्फबाट:बिबादित उपप्रधानमन्त्री
२. एमाओबादिको तर्फबाट:टोपबहादुर रायमाझी
३. राप्रपा नेपालको तर्फबाट:कमल थापा
४. फोरम लोकतान्त्रीकको तर्फबाट:विजय गच्छादार
५. मालेको कोटा
६.जनमोर्चाको कोटा

पाचखालको मेरो बिस्लेषण पनि लाग्छ ओली सरकारले उछिन्ने हो जस्तो लाग्छ।  यो त मंत्रीपदको खालको हो कि पदको दाउ संसदमा समर्पित १६ दललाई नै नपुर्याउलान भन्न सकिन्न। यसरि उपप्रधानमन्त्री बाडियो भने आगामी सरकारका लागि सामान्य मंत्री पद मात्र भएर पुग्ने नेता नै नहुने होलान।  एकापटको उपप्रधानमन्त्री आगामी प्रधानमन्त्रीको दाबेदार मानिन्छ। पहिलो श्रेणीको नेताहरुलाई भाग नपुगेको प्र.म. पद दोश्रो र तेश्रो तहका नेतालाई बाडेपछी भाबि मंत्रीमा सामान्य मन्त्रीपद समाल्ने योग्य व्यक्ति हामि नै बाकि हुने भैयो...........................


No comments:

Post a Comment