सुभकामना दिएर के भो ? दसा लाग्ने दसैँ आउछ।
फलोस फुलोस भन्दै दुख दिने दशैँ आउछ ।।
सुभकामना दिएर के भो ? दसा लाग्ने दसैँ आउछ।।
मनमा शान्ति छर्न सुटुक्क भ्रम लिएर
मखमली माया मौलाएर भो? दशा लाग्ने दशैँ आउछ। ।
जीवनमा परिभाषा भिन्न बनाएर
सयपत्री खुसि मुस्कुराएर भो ? दशा लाग्ने दसैँ आउछ।।
मैसासुरको अन्त्य सत्यलाइ अँगालो हालेर
निधारको टिका चम्किएर के भो ? दशा लाग्ने दसैँ आउछ। ।
No comments:
Post a Comment