Wednesday, October 28, 2015

जनयुद्द नायकको प्रस्ताबमा राजतन्त्र सेवकको समर्थनमा गणतान्त्रीक रास्ट्रपति: बिद्या भण्डारी

By: जुनकिरीनेपाल.com, ११ कार्तिक २०७२ (बिस्लेसण)

नेपाल गणतान्त्रीक देश अझै भनौ संघीय रास्ट्र अनि धर्म निरपेक्ष वा धर्म रहित रास्ट्र , देशमा परिबर्तन धेरै भए।  मुलुकले एक कार्यकालको रास्ट्रपति पाएर दोश्रो रास्ट्रपति पनि निर्बाचन भैसकेको छ।  भनिन्छ बार्ह बर्षमा खोला पनि फर्केर आउछ भनेर। मुलुकले पहिलो महिला रास्ट्रपति अथवा दोश्रो रास्ट्रपति पाएको छ।  कार्तिक ११ गते संसदमा रास्ट्रपति निर्बाचनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका अर्का उम्मेदवार कुलबहादुर गुरुङ्गलाई पराजित गरि एमाले वा सत्तापक्ष उम्मेदवार उम्मेदवार बिद्या भण्डारी विजय भएकी छिन।
                    नवनिर्बाचित रास्ट्रपति बिद्या भण्डारी कार्यखण्ड वा राजनैतिक परिबर्तन                               सौ:कान्तिपुर

कुल ५९७ संसद सदस्य मध्ये  ५४९ जना मतदाता मतदानमा सहभागी भएका थिए। ४७ संसद ब्यवास्थापिका सदस्य अनुपस्थित रहेका थिए।  जसमध्य सत्तारुढ दलका पक्षबाट उठेकी नेत्री बिद्या भण्डारीले ३२७ मत प्राप्त गरेकी थिन। त्यसैबीच प्रतिस्पर्धी उम्मेदवार कुलबहादुरको पक्षमा २१४ मत प्राप्त गरेका छन्। उनि नेपालि कांग्रेसका लोकतान्त्रीक आन्दोलनका पाका नेता पनि थिए। लोकतन्त्रलाई उन्गिकार गरि गुरुङ्गले आफु गणतन्त्रबादी नेताको रुपमा छबि बनाएका छन्।  

रमाइलो पक्ष के छ भने गणतन्त्रका कटठर बिरोधि राजाको फिर्तीको लागि दोश्रो संबिधानसभामा हात फैलाएर मत प्राप्त गरेका राप्रपानेपाल दोश्रो रास्ट्रपतिकी समर्थक थिए। गणतन्त्रका लागि जनताका छातीमा गोलि ठोक्ने आदेश दिएका राजतन्त्रका नायक कमल थापा गणतन्त्र प्रतीकको प्रस्ताबक भएर जन्मिए। जन आन्दोलन २०६२/६३ को प्रमुख बाधक अहिलेकै गणतन्त्र नेपालका दोश्रो रास्ट्रपति उम्मेदबार बिद्या भण्डारीकी समर्थक थिए। युग परिबर्तन धेरै समय लाग्दैन र जनताको मानसपटलमा राजनैतिक विसर्जनको रोग छिट्टै निको हुन्च्च।
देश धर्म निरापेक्षमा गैसकेको छ र देशले अमुल परिबर्तनको छलाङ्ग मारेको छ। हिन्दु राज्यका लागि जनाबिस्वास जितेर केहि हदसम्म भएपनि जनआन्दोलनको घाउलाई मेटाउन सफल नेता कमल थापा हिन्दु राज्यको मुद्दा पनि त्यस्सै पतन भएको छ। उनले उठाएको माग कति जायज भएपनि आजको यहि सत्ता स्वार्थका लागि त्यो अडान छाडेको हुनपर्छ। ंअत्र किन सहजै जनताको भावना बिपरित सहमत भएर अगाडी बढे ?

हिन्दु राज्यको माग गर्दै कमल थापा नेत्रीत्वको आन्दोलन 
अपबाद नै भनौ वा राजनीतिमा कुनै मुद्दाका जनतालाई भ्रम छर्ने होइन त्यो त् सत्ताका लागि जनतासम्म सडकमा आउने हो अनि त्यहि जनताको बुइ चढेर उच्च ओहदामा पुग्ने मात्र हो। 

देशमा सबै उच्च पदमा बामपन्थीको बर्चस्व कायम भएको छ। जनयुद्दका नायक अनि यो परिबर्तनका मुख्य सर्जक प्रचण्ड पूर्ण रुपमा सत्ताबाद र स्वतन्त्र राजनीतिमा आएका छन्।  दस बर्षे जनयुद्द लडेर अहिलेको परिबर्तनले केहि हदसम्म भएपनि पूर्णता पाएको छ।  
नेपालको दोश्रो रास्ट्रपतिकि प्रस्ताबक यिनै जनयुद्द नायक प्रचण्ड थिए।  उनले यो संबिधान निर्माणको मुख्य नेत्रित्व दायी भूमिका खेलेर इतिहासमा आफ्नो नाम सधै सम्झना लायक बनाए। उनको बलाभुताले र इच्छा सक्तिको परिणाम स्वारुप देशले संबिधान पाएको छ। गणतन्त्रलाई पूर्ण स्वीकार्य बनाएर जनताको काधमा ल्याइपुर्याए। फलस्वरूप अब नेपालि जनताले यसलाई केहि उपलब्धिको रुपमा पालना गर्न सके राम्रो हुनेछ

                     जनयुद्द कालमा भूमिगत जीवन बिताएका अदक्ष्य प्रचण्ड र उपादक्ष्य बाबुराम 

No comments:

Post a Comment