Saturday, October 22, 2016

युरोपियन कार्डको भुलभुलैया:पोर्तुगल

                                                 युरोपियन कार्डको भुलभुलैया:पोर्तुगल

अगष्ट २२ , २०१६

तपाइँ युरोपियन मुलुक पोर्तुगल मा आउँ सोच्दै हुनुह्न्ह्च ?
आउने कुनै योजना बनाउदै हुनुहुन्छ ?
के छोटो समयमा युरोपको कार्ड बन्ने सपना बनाउदै हुनुहुन्छ ?



पढ्ने भिसा होस् , छोटो समयको घुम्ने भिसा होस् युरोप आएर कार्ड बन्छ भनेर जाने गन्तब्य पोर्तुगलको कथा जटिल नै छ  . तपाइँ आउने सोच छ भने यहाको बारेमा केहि जानकारी लिएर वा जानेर मात्र पाइला चाल्नु होला।  पोर्तुगलको पेपर वा TR  लिनको लागि अन्य देशबाट पनि आउने गर्छन।  UK,DENMARK,POLAND,GERMANY देशहरुमा रहेका आप्रबासीहरु यहा आउने गर्छन। अन्य देशमा लिगल रुपमा बस्न नसक्ने स्थायी वा अस्थायी बसोबास का लागि पोर्तुगल सबैको गन्तब्य बनेको छ।  यहाको कानुनमा सामान्यतया ६ महिनाको TAX सरकारलाई बुझाएपछि यहाको अस्थायी पेपर अथवा TR दिने प्राबधान छ। तर यहा अहिले आप्रबासीको धेरै संख्यामा भित्रीने क्रमले गर्दा अनेक समस्या र कडाइ गर्दै छ भन्ने सुन्नमा आएको छ।  औपचारिक सुचना त केहि आएको छैन तर गत सालको तुलनामा अहिले यहा अलि कडाइ गरेको देखिन्छ।

 तपाइँ कोहि कतै नेपाल बात् वा अन्य देशबाट पोर्तुगल आउने सोच मा हुनुहुन्छ भने यहाको बारेमा बुझेर आउदा बेस होला। सामान्यतया यहाको रेस्टुरेन्ट व्यवसाय निकै राम्रो देखिन्छ।  देशको राजधानी लिस्बोन,त्यस्तै आल्बुफेरा,पोर्तो ठाउहरुमा रेस्टुरेन्ट व्यवसाय निकै राम्रो छ।  दक्षिण युरोपको टुरिस्ट देश पोर्तुगल समरमा अन्य समय भन्दा धेरै टुरिस्ट आउने गर्छन। यहाको वाइन बिस्वबजारमा चर्चित छ। यहा समर महिनामा अत्यन्त गर्मि हुने गर्छ जसले गर्दा चिसो ठाउ बात यो स्थानमा पर्यटक धेरै आउने गर्छन।

धेरै संख्यामा नेपाली रहेको देश पोर्तुगलमा कामको समस्या मुख्य हो। तपाइँ आउने सोचमा हुनुहुन्छ भने रेस्टुरेन्ट व्यवसाय सम्भंधि सिप छ भने केहि हद सम्म काम सहज हुन्छ।  अर्को समस्या यहाको भाषा             काम होस् या अन्य कुनै व्यवसाय यहाको भाषाको कमि महसुस हुन् पुग्छ। अन्य युरोपियन मुलुकमा भन्दा धेरै संख्यामा नेपालिहरु रहेको देश हो पोर्तुगल।  यहा नेपालि व्यवसाय पनि प्रसस्तै देखिन्छन रेस्टुरेन्ट व्यवसाय,कम्पनिहरु मिनी मार्केट,ब्युटी पार्लर ,नेपालि हस्तकला , रिक्रुटमेन्ट कम्पनि हरु रहेका छन्। यहाँ पोर्तुगलमा ८०० ,९०० को हाराहारी नेपालिहरु ले आफ्नै व्यवसाय चलाएका छन्।  राम्रो आम्दानि गर्ने नेपालि  ब्यावसायी पनि छन्

करिब २५००० नेपालि रहेको सामान्य तत्यांक रहेको पोर्तुगलमा राम्रो पक्ष संगै नराम्रो पक्ष पनि उत्तिकै छ। यहाको रेस्टुरेन्ट व्यवसाय जस्तै अर्को ठाउ हो "खेति"

धेरै संख्यामा नेपालि,बंगालीहरु खेतीमा काम गर्छन। रसबरी,ब्लुबेरी, स्टबेरी,खुर्सानी,ओलिभको खेतीमा नेपालिहौर काम गर्छन।युरोप आएका ६ महिना नपुगेका अथवा बस्नलाई समस्या भएका नेपालि हरु सिधै खेतीलाई आशा मानेर बस्छन खेतीमा काम गर्दा कम्पनीले कम्पनीले खाने आफ्नो हुने गर्छ   यहा यी खेतिहरु सिजनलि मात्र हुन्छ करिब ८ देखि १० महिना काम हुने खेतीमा जनवरी देखि मार्च महिनासम्म काम हुदैन। त्यो समयमा सम्पुर्त्न कामदार कोहि लिस्बोन कोहि खेतीमै रुम लिएर बस्छन।खेतीमा  फलको बिरुवा लगाउने,झार गोड्ने,फल टिप्ने,प्याकिङ्ग गर्ने जस्ता काम हुन्छ। दिनको ८ घण्टा रहने काममा घन्टाको हिसाबले तलब दिने गर्छन।  घन्टाको ३ युरोको हाराहारीमा कमाइ हुने यो देश अन्य युरोपियन देश भन्दा सस्तो छ। यहाको न्युनतम तलब ५३० युरो प्रति महिना रहेको छ।

अब यहा पेपरको लागि तपाई यहा आउनुभयो भने यहा आउने बित्तिकै फिनान्स भर्नु पर्छ जुन यो देशमा रहेको नागरिकको  सम्पूर्ण रेकर्ड हो। फिनान्स भर्न यहाको स्थायी बसोबास अनुमति (PR ) भएको नागरिकले स्पोन्सर गर्नु पर्छ।  यसको लागि तपाइको आफन्त,साथि,वा विस्वासिलो ब्याक्तिले मात्र जिम्बेवारी लिन्छ।  र यहाको कानुन अनुसार यो फिनान्स भरेको ६ महिना पश्चात काम गर्न पाउछ। सामान्यतया ६ महिना पश्चात काम गर्दा चेकिङ्ग हुने समस्या हुदैन।  यहा कतिपय ठाउमा काम पाए पनि कामको contract नदिएर कतिपय आप्रबासी समस्यामा परेका छन्। खेतीमा १२ महिना नै काम नहुने समस्याले गर्दा काम नहुदाको समयमा सरकारलाई तिर्ने करको लागि कन्ट्रयाक नतोडियोस भनेर नेपालि कम्पनि मार्फत कामदार जाने गर्छन। यहाको सरकारलाई काम गरेको कन्ट्रयाक मार्फत सरकारलाई कर तिर्नुपर्छ। कतिपय कम्पनि वा खेतीका धेरै जसो कम्पनिहरु यहाको सरकारलाई TAX तिर्ने  "सेक्वान्सा सोसल'नम्बर नहुदा सम्म कामका लागि तयार हुन्नन्।  सेक्र्वान्सा सोसल नम्बर भनेको यहाको सरकारलाई कर तिर्ने नम्बर हो जुन कामको कन्ट्राक बात हुन्छ।अहिले सोसल सेक्वान्सा का लागि मोटो रकम लिएर अन्य कन्ट्रयाक बात निकाल्न पनि बाध्य छन्। social sequanca नहुदा सम्म कतिपय कम्पनि हरुले काममा लिदैनन।  यहाको सरकारलाई कामदारले ३३ % कर तिर्नुपर्ने हुन्छ जसमा काम लगाइदिने कम्पनि वा कन्ट्रयाक गर्ने कम्पनीले २२% बाकि ११% कामदार आफैले ,,,,,,



पोर्तुगल सरकारको आप्रबासी हेर्ने इमिग्रेसन सेक्सनले कतिपय काममा यहाको सेफ ( SEFF )को कन्ट्रोल पनि खोज्छ जुन कामदार प्रत्यक्ष कार्यक्षेत्रमा काम गरेको प्रमाण हो। यो सामान्यतया खेतीमा हुन्छ। कार्ड बन्नको लागि कन्ट्रोल बलियो DOCUMENT अन्तर्गत पर्छ। कम्पनि संग कन्ट्रयाक भएको वा TAX तिरेको ६ महिना पश्चात SEFF लाइ आबेदन आलिन्छ जसलाई SEFF ENTRY भनिन्छ।पछिल्लो समयमा १२,१५ महिना TAX गएर बल्ल कार्ड अगाडी बढेको देखिन्छ।   SEFF दिएको समयमा आफुले चाहिने सम्पूर्ण कागजात लिएर फिंगर को लागि जानुपर्छ। सामान्य तया सम्पूर्ण DOCUMENT नभएको केसमा lawer मार्फत काम गराउनु पर्छ। वकिलको सल्लाह र निर्देदन बबोजिम SEFF समक्ष आबेदन पेस गर्नुपर्छ। ६ महिनामा कार्ड आउछ भनेपनि अहिले २ वर्षा समम लागेको पनि देखिएको छ। पहिलो कार्ड वा TR एक बर्षको समयसिमा हुन्छ अर्को बर्षमा समयसीमा थपेपछि अर्को दुइ बर्षको TR आउछ। PR बन्नलाई करिब ५ बर्ष लाग्ने  पोर्तुगलमा TR apply भएको ६ बर्षमा पासपोर्ट apply गर्न पाउछ।

काम पाए पनि यहीको बस्न र खान मात्र पुग्ने पारिश्रमिक दिएर काम लगाउने गरेको पनि धेरै देखिन्छ। पोर्तुगलको औसत कमाइ भनेको नेपालि ६०,७० हजार हो।  लाखौ ऋणधन गरेर यहा आएका कतिपय नेपालि हरु कुलतमा पनि फसेको देखिन्छ।  मार्टिन मुनिज भन्ने पोर्तुगलको पर्ख्यात पार्कमा भेटिने गरिन्छ। यसलाई हामि कसरि सहजताको रुपमा लिन सकिन्छ ?


यो देश अन्य युरोपियन देश भन्दा सस्तो छ। त्यसैले समरमा घुम्न पर्यटक हरुको छाप पनि धेरै हुन्छ। उत्तर युरोप,अमेरिका देखि घुम्नको लागि यो देशमा पर्यटक हरु आउने गर्छन।
काम जस्तै यहाँ बस्न को लागि नि समस्याको रुपमा लिनुपर्छ।  सामान्य तया २०० युरो देखि माथिको कोठा भाडा पर्छ। तरपनि  घर नपाएर एकै कोठामा धेरै मान्छ्हे बस्न पर्ने बाध्यता पनि ज्यादै देखिन्छ। अफ सिजनमा यो समस्या अझ धेरै जटिल हुन्छ।  खेतीमा काम गर्ने धेरैजसो मान्छे सहर तिरै आउछन।पोर्तुगलको चुनौती र दुख अनि घरपरिवार दुरीले गर्दा बिबिध कारणले नेपाल फर्किने पनि भेटिन्छन।
समस्या र जति नै चुनौती भएपनि पोर्तुगलमा धेरैका लागि अवसर को रुपमा पनि लिन सकिन्छ।  दुख र  घरपरिवारको दुरीका बाबजुत पनि प्रगतिका राम्रो उदाहरण पनि छन्।
यदि कोहि पोर्तुगल आउने सोच राख्नु भएको छन् भने यी कुरालाई ध्यान दिनुहोला
> पोर्तुगलमा कार्ड बन्छ ?
>कति कमाइ हुन्छ ?
>ऋणधन गरेर जान सकिन्छ ?
>कसरि बन्छ कार्ड ?
>बचत कति हुन्छ ?
>काम के पाउछ ?



Wednesday, July 6, 2016

पोर्चुगल युरो कप फाइनलमा पुग्न सफल

बुधबार जुलाई ०६ , २०१६. पोल्याण्ड,


आज भएको सेमिफाइनल खेल बाट वेल्स घर फर्किएको छ।  फ्रान्सको लियोन सहरमा भएको खेलमा पोर्तुगलासंग वेल्स २-० गोल अन्तरले हारेको छ।  जितसंगै पोर्तुगल युरोकपको फ़ाइनल पुग्न सफल भएको छ।  उसको प्रतिस्र्पर्ध अर्को सेमिफ़ाइनल खेलको बिजेतासंग हुनेछ।
आज रातमा भएको खेलमा पहिलो हाफसम्म गोलरहित भएको खेल दोश्रो हाफमा क्रिस्टियानो रोनाल्डोले हेडमार्फ़त पहिलो गोल गरेका थिए।  दोश्रो गोल छोटो समय अन्तरालमा नानीले गरेपछि वेल्स २ गोलले पछाडी परेको थियो।

आज भएको खेलमा पोर्तुगलका मुख्य स्ट्राइकर रोनाल्डो उत्कृष्ट खेल पस्किए।  जसले जित सहज भयो।   रोनाल्डोको आजको खेलमा उनको समर्थनमा फ्रान्सको खेलमैदानमा प्रसस्तै फ्यानहरु देखिन्थे।

Euro 2016
portugal vs wales

Tuesday, March 8, 2016

चम्किलो जुत्ता भित्र फुटेका खुट्टा

by: sridos basyal, 8 march, 2016 (कबिता )

चम्किलो जुत्ता भित्र
कालो मन पनि लुक्न थाले
फुटेका खुट्टाको जुत्तालाइ  गंध पत्तो हुदैन।

संसार पुर्याउने पाउभित्र
सानो मन होस् ठुलो मन होस्
फुटेका खुट्टालाई उसको आभार हुदैन।

पट पट फुटेका खुट्टा
हिड्दा हिड्दै कहिले मनामर्जी रोकिदैन
बटुवाको चम्किलो पाउको पिडा पत्तो हुदैन।

न रोक्न सक्छ न भगाउन सक्छ
न आफ्नै मर्जिको मालिक हुन् सक्यो
फाटेको भित्रि लुकाएर आफ्नो पिडा देखाउदैन।

सडक सजिलो होस् या खण्डहर होस्
जालो खुट्टा सुत्न थाले
बदलिन नसक्ने ब्याक्तित्व ढाकछोप हुदैन
पालिसको चम्किलोले संसार चमक हुदैन।