Tuesday, March 8, 2016

चम्किलो जुत्ता भित्र फुटेका खुट्टा

by: sridos basyal, 8 march, 2016 (कबिता )

चम्किलो जुत्ता भित्र
कालो मन पनि लुक्न थाले
फुटेका खुट्टाको जुत्तालाइ  गंध पत्तो हुदैन।

संसार पुर्याउने पाउभित्र
सानो मन होस् ठुलो मन होस्
फुटेका खुट्टालाई उसको आभार हुदैन।

पट पट फुटेका खुट्टा
हिड्दा हिड्दै कहिले मनामर्जी रोकिदैन
बटुवाको चम्किलो पाउको पिडा पत्तो हुदैन।

न रोक्न सक्छ न भगाउन सक्छ
न आफ्नै मर्जिको मालिक हुन् सक्यो
फाटेको भित्रि लुकाएर आफ्नो पिडा देखाउदैन।

सडक सजिलो होस् या खण्डहर होस्
जालो खुट्टा सुत्न थाले
बदलिन नसक्ने ब्याक्तित्व ढाकछोप हुदैन
पालिसको चम्किलोले संसार चमक हुदैन।

No comments:

Post a Comment