Wednesday, October 28, 2015

जनयुद्द नायकको प्रस्ताबमा राजतन्त्र सेवकको समर्थनमा गणतान्त्रीक रास्ट्रपति: बिद्या भण्डारी

By: जुनकिरीनेपाल.com, ११ कार्तिक २०७२ (बिस्लेसण)

नेपाल गणतान्त्रीक देश अझै भनौ संघीय रास्ट्र अनि धर्म निरपेक्ष वा धर्म रहित रास्ट्र , देशमा परिबर्तन धेरै भए।  मुलुकले एक कार्यकालको रास्ट्रपति पाएर दोश्रो रास्ट्रपति पनि निर्बाचन भैसकेको छ।  भनिन्छ बार्ह बर्षमा खोला पनि फर्केर आउछ भनेर। मुलुकले पहिलो महिला रास्ट्रपति अथवा दोश्रो रास्ट्रपति पाएको छ।  कार्तिक ११ गते संसदमा रास्ट्रपति निर्बाचनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसका अर्का उम्मेदवार कुलबहादुर गुरुङ्गलाई पराजित गरि एमाले वा सत्तापक्ष उम्मेदवार उम्मेदवार बिद्या भण्डारी विजय भएकी छिन।
                    नवनिर्बाचित रास्ट्रपति बिद्या भण्डारी कार्यखण्ड वा राजनैतिक परिबर्तन                               सौ:कान्तिपुर

कुल ५९७ संसद सदस्य मध्ये  ५४९ जना मतदाता मतदानमा सहभागी भएका थिए। ४७ संसद ब्यवास्थापिका सदस्य अनुपस्थित रहेका थिए।  जसमध्य सत्तारुढ दलका पक्षबाट उठेकी नेत्री बिद्या भण्डारीले ३२७ मत प्राप्त गरेकी थिन। त्यसैबीच प्रतिस्पर्धी उम्मेदवार कुलबहादुरको पक्षमा २१४ मत प्राप्त गरेका छन्। उनि नेपालि कांग्रेसका लोकतान्त्रीक आन्दोलनका पाका नेता पनि थिए। लोकतन्त्रलाई उन्गिकार गरि गुरुङ्गले आफु गणतन्त्रबादी नेताको रुपमा छबि बनाएका छन्।  

रमाइलो पक्ष के छ भने गणतन्त्रका कटठर बिरोधि राजाको फिर्तीको लागि दोश्रो संबिधानसभामा हात फैलाएर मत प्राप्त गरेका राप्रपानेपाल दोश्रो रास्ट्रपतिकी समर्थक थिए। गणतन्त्रका लागि जनताका छातीमा गोलि ठोक्ने आदेश दिएका राजतन्त्रका नायक कमल थापा गणतन्त्र प्रतीकको प्रस्ताबक भएर जन्मिए। जन आन्दोलन २०६२/६३ को प्रमुख बाधक अहिलेकै गणतन्त्र नेपालका दोश्रो रास्ट्रपति उम्मेदबार बिद्या भण्डारीकी समर्थक थिए। युग परिबर्तन धेरै समय लाग्दैन र जनताको मानसपटलमा राजनैतिक विसर्जनको रोग छिट्टै निको हुन्च्च।
देश धर्म निरापेक्षमा गैसकेको छ र देशले अमुल परिबर्तनको छलाङ्ग मारेको छ। हिन्दु राज्यका लागि जनाबिस्वास जितेर केहि हदसम्म भएपनि जनआन्दोलनको घाउलाई मेटाउन सफल नेता कमल थापा हिन्दु राज्यको मुद्दा पनि त्यस्सै पतन भएको छ। उनले उठाएको माग कति जायज भएपनि आजको यहि सत्ता स्वार्थका लागि त्यो अडान छाडेको हुनपर्छ। ंअत्र किन सहजै जनताको भावना बिपरित सहमत भएर अगाडी बढे ?

हिन्दु राज्यको माग गर्दै कमल थापा नेत्रीत्वको आन्दोलन 
अपबाद नै भनौ वा राजनीतिमा कुनै मुद्दाका जनतालाई भ्रम छर्ने होइन त्यो त् सत्ताका लागि जनतासम्म सडकमा आउने हो अनि त्यहि जनताको बुइ चढेर उच्च ओहदामा पुग्ने मात्र हो। 

देशमा सबै उच्च पदमा बामपन्थीको बर्चस्व कायम भएको छ। जनयुद्दका नायक अनि यो परिबर्तनका मुख्य सर्जक प्रचण्ड पूर्ण रुपमा सत्ताबाद र स्वतन्त्र राजनीतिमा आएका छन्।  दस बर्षे जनयुद्द लडेर अहिलेको परिबर्तनले केहि हदसम्म भएपनि पूर्णता पाएको छ।  
नेपालको दोश्रो रास्ट्रपतिकि प्रस्ताबक यिनै जनयुद्द नायक प्रचण्ड थिए।  उनले यो संबिधान निर्माणको मुख्य नेत्रित्व दायी भूमिका खेलेर इतिहासमा आफ्नो नाम सधै सम्झना लायक बनाए। उनको बलाभुताले र इच्छा सक्तिको परिणाम स्वारुप देशले संबिधान पाएको छ। गणतन्त्रलाई पूर्ण स्वीकार्य बनाएर जनताको काधमा ल्याइपुर्याए। फलस्वरूप अब नेपालि जनताले यसलाई केहि उपलब्धिको रुपमा पालना गर्न सके राम्रो हुनेछ

                     जनयुद्द कालमा भूमिगत जीवन बिताएका अदक्ष्य प्रचण्ड र उपादक्ष्य बाबुराम 

Tuesday, October 27, 2015

रास्ट्रपति पदमा त्रिपक्षीय टक्कर: सहमति, सहकार्य र एकताको अपूर्ण नारा

By: Sridos Basyal, १० कार्तिक (राजनीति )
 
एमाले उपादक्ष्य बिद्या भण्डारी 
गणतन्त्र प्राप्ति पश्चात भोलि देशले दोश्रो रास्ट्रपति प्राप्त गर्ने छ। बुधबार हुने रास्ट्रपति चुनाबमा एमालेको तर्फबाट बिद्या भण्डारी, कांग्रेसका कुलबहादुर गुरुङ र नेमकिपाका नारायण महर्जनबीच त्रीपक्षीय टक्कर हुनेछ। 
कांग्रेस नेता कुलबहादुर गुरुङ 
व्यवस्थापिका संसद सचिबालय,अन्तर्गत दर्ता भएका तिन उम्मेदवार आफ्नो खुकुलो भाषण दिन पछि परेनन्।  सहमति,सहकार्य र एकता
एमाले नेत्रीको प्रस्ताबकको रुपमा एकीकृत नेकपा माओबादिका अध्यक्ष प्रचण्ड र कुलबहादुर गुरुङका प्रस्ताबक प्रकाशमान सिंह थिए।  दलहरु पटक पटक बोल्दै आएको भाषा एकता र सहमतिको सब्द आज पनि बोल्न पछि परेनन्।
लोकतन्त्रको बिस्वास गर्ने नेपालि कंग्रेस यो मामिलामा सबैभन्दा प्रयोग गर्ने पार्टीको रुपमा पर्छ। गिरिजाप्रसादको पालामा कांग्रेसले थोरै भएपनि यो नाराले देशलाई निकास दिएकै हो र त्यहि नारा बिना उपलब्धि दलहरुले बोकेर हिडेको देखिन्छ। 
दलहरु देशको उच्च पदका लागि सधै भाषिक नारामा प्रयोग गर्ने तर आइपरे मरिमेट्ने प्रचलन नया होइन।  अहिलेको रास्ट्रपति निर्बाचन हेर्ने हो भने सत्ता गठबन्धनको प्रस्ताबको रुपमा आएकी विद्या भण्डारी निर्बाचन हुने देखिन्छिन।  त्यहि पनि देशको असहज र गलत संदेश पुर्याउन किन तिन तिन जना उम्मेदवारी आवस्यक पर्छ ???
दलहरु सहमति सहकार्य र एकताको सैलिमा सधै असफल हुदै आएका छन्।  त्यो दलहरुले सरकार निर्माण समयमा होस् या कुनै देशको सार्बभौम कामका लागि नै , ,,,,,,,,,,,,,

युग परिबर्तन होला तर दलहरु आफ्नो स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि अनुशासित भएर काम गरेको दिन कहिले आउला ??

Saturday, October 24, 2015

रास्ट्रपति र उपरास्ट्रपति पद:सहमतिको टेन्डर बहुमतकै पोल्टामा

By: Sridos Basyal, 7 कार्तिक २०७२

नेपालि राजनीतिमा सहमतिको जति धेरै घोक्रो फुलाएर त्यो यथार्थ र सम्मानजनक प्रक्रियामा पुग्न सकेको सायद इतिहास लामै पल्टाउन पर्ला।  जसरि दलहरु सहमतीय खाका मुखले मात्र बोकेर व्यवहारमा पुर्याउन नसक्ने परम्परा नै बसेको छ। रास्ट्रपति र उपरास्ट्रपतिका लागि सम्बिधनाको धारा १९७ को उपधारा २ बबोजिम सभामुख ओनसरी घर्तिद्वारा सहमतिका लागि आवाहन गरिन। दलहरु आफ्नै बालहटको बोलीबाट कहिल्यै माथि उठ्न सकेनन। सनिबारको व्यवस्थापिका संसदको बैठकले नयासंबिधान अन्तरगत नया रास्ट्रपति र उपरास्ट्रपतिको लागि निर्बाचन मिति र समय   तोकेको छ।
सभामुखले सहमतिका लागि आइतबारसम्मका लागि समय सिमा दिए पनि आगामी हुने गरिमामय पद पनि त्यहि संसदबाट बहुमतले  चुन्ने छ र एउटा अर्को उम्मेदबारको दाबेदारी सम्मानजनक हार स्वीकार गर्दै मिठो बचन पोख्ने छन्। अब हुने रास्ट्रपति र उपरास्ट्रपति पदका लागि तोकिएको समय मा सहमति नभए बहुमतको आधारमा चयन हुनेछ।

त्यहि गरिमामय पदका लागि किन दलहरु सहमतिय गरेर एउटा साझा उम्मेदबार घोषणा गर्न सक्दैन ?
नेपाल र नेपालीको लागि भनेर राजनीतिमा हुमिएका त्यहि नेताहरु किन सहमतिका लागि एक कदम पनि अघि बढेको देखिनंन ?
अब पक्ष र विपक्ष गरेर एउटा उम्मेदबार चुनिने छ अर्को उसैको विपक्षीमा उभिएर आफैलाइ गर्ब गर्न खोज्छ।

अब आउने नया निर्बाचन प्रक्रियामा त्यहि बहुमतको हिसाब गरेर नेता अगाडी बड्छन हामि हाते गणितीय हिसाबमा रास्ट्रपति पाएको खुसि मनाउने छौ। । 

Thursday, October 22, 2015

जमरा बाख्राले खायो अछेता चिउराको सितन

by:sridos basyal, दसैको दिन,भुकम्प साल,संविधानको महिना

न आख्यांक लेख्ने नै खोजेको हो।
न जीवनी कोर्ने नै चेस्टा राखेको छु।
न कथा बाट बलियो पात्रलाई उभ्याउन नै खोजेको हो।
उपन्यासको त म दुइ पैसाको फोस्रा सब्दले लेखकमा हुन पर्ने कुनै गुण नै हुन सक्दैन।
रह्यो कबिता गजल को त्यो कतैबाट छाटकाट नै रहन्न।
अब,
लेखलाइ बलियो नामाकरण गर्न पनि न म कलमको साहाराले कुनै कागजको पानामा लेख्दै छु। थुप्रै बटनका साहाराले यहा सम्म ल्याए।  अब अघिल्लो सब्दमा भर्ने काम पनि त्यहि तरिकाले गर्छु।
रह्यो न यो लेख नै हो।
न भाषिक सब्दजारका कृति हुन पुग्यो।
 भो अब यी सबै नामाकरणबाट छुटकारा पाउन चाहे र माथि उल्लेखित श्रीषकलाइ यहा राखे।

"जमरा बाख्राले खायो अछेता चिउराको सितन"
समय:दसैँ
स्थान:बाख्राको गोठ
प्रतक्ष्यदर्शी: गोठाला

देश साच्चै एउटा दुखत घडीमा गुज्रेको छ। प्राकृतिक प्रकोपको सहन सक्ने सक्ति प्राप्त भैसक्यो तर त्यहि पीडाको नुन छर्दै आफ्नै रास्त्रियतामा खुसि हुन् पर्ने बाध्यता छ।  महिनौ घर बार बिहिन पिडितको भाब यहा दसैले जोड्न खोजेको देख्छु। गोठाला बस्ने मौका पाए। हो म गोठाला हु।
बाख्रा चराउँन घास छैन।
भैसीको भकार सोर्न भैसीको चिर सान्तिको कामना गर्ने म नै हु।
न मान्छेको स्याहार गर्छु।

बैसाख १२ गते, साच्चै इतिहासमा यो प्रकारको दुख र त्रास दिने कुनै पनि बिपत्ति थिएन होला। साच्चै महिनौको त्रास र दुखको सामनामा बाच्ने त्यहि सानो परिवारको म चित्र देख्ने गोठाला हु। काम गर्ने गोठाला।  दुख देख्ने गोठाला।  टुलु टुलु रोएको हेर्ने गोठाला।

घर बार त्यहि विपत्तिले खाएको परिवार संग म नजिक थिए।  र गोठालो गर्ने मौका पाए अथवा दुख देख्ने मौका पाए। बडा बाको आँखामा फरक प्रकारको भाब देखे र सोधे।

 परिवार-१

म:यो दसैँ कसरि मनाउनु हुदै छ ?
बुढा बा: देशमा धेरै अछेता मुछेर खुसि खुसि साथ् निदारै भरि लाइदिने चलन छ।  त्यो मिठो चामल सहरको लागि धनीको निधारको टिका होला हाम्रो लागि मिठो छाक बनाउछु। म आसिर्बाद लिन जानेछु निदारभारी रातो चामल बोकेर साझ फर्कने छु। मेरो एकदिनको मिठो छाक टर्ने छ।  यहि खुसि नै मेरो लागि दसैँ हो।

परिवार- २
म:दसैँ तपाइको घरमा अलि रमझम देखिन्छ नि, कस्तो छः तयारि ?
     

To be continue ............................



दसैको रमझम संगै दोहोरो खुसि :नेपाल यु-१९ बिस्वकप् छनोट

by:जुनकिरी नेपाल.com, ५  कार्तिक २०७२ (समाचार)



आइसिसि यु-१९ ,बिस्वकप् छनौट खेलको फाइनलमा आज नेपालि युवा टोलिले आयारल्यान्दलाई ३ विकेटले पराजित गर्दै बिस्वकप् पक्का गरेको छ।  नेपालि परम्परा र सदियौ देखि मनाउदै आएको दसैको टिकाको दिनमा नेपालि टोलीले सम्पूर्ण नेपालि र परिवारलाई खुसि थप्ने काम गरेका छन्।

मलेसियामा भएको खेल टस जितेर ब्याटिंग गरेको आयरल्याण्डको १८४ रनमा समेटियो जसमा ४७.४  ओभर खेलमा जम्मा गरेको रन थियो।
उसको जवाफी ब्याटिंगमा नेपालि खेलाडीले २२ बल अगाडी नै ७ विकेट गुमाएर पुरा गर्यो। नेपालिलाइ यो जितको लागि सुनिल धमलाले ४७ रन, कप्तान राजु रिजालले ३५, दिपेन्द्र एरिले २६ र अरिफली २१ रनको बलियो योगदान गरे।
नेपालको यो जितसंगै नेपालि यु-१९ टोलि आगामी बर्ष बंगलादेशमा हुने बिस्वकपमा आफ्नो स्थान पक्का गरेको छ यसअघि अफगानिस्तानले यु-१९ प्रिमियर जितेर आफ्नो सहभागिता जनाउने छ। 

Wednesday, October 21, 2015

चलन यस्तै छ

By: Sridos Basyal, ४ कार्तिक २०७२ (साहित्य)     

                                यहा आसिर्बाद पनि बिक्न लायो, चलन यस्तै छ।
                                न मान रह्यो न सम्मान चलन यस्तै छ।।

                                 ठुलाबडाको मिठो संदेश पनि घृणा लाग्न थाल्यो
                                थोरै माया मोहमा फस्ने मन,चलन यस्तै छ।

                                परम्परा चुडी खाए, लंका पुर्याए बिस्वासको रंग
                                देवताको मन्दिरमा झुक्ने सिर, चलन यस्तै छ।

                               थोरै पलाउने सक्ने दया खोलीले बगाएर लग्यो
                               धर्म त बग्गीकै बास भो,चलन यस्तै छ ।।
                           


                           

                                  
                           
                                   
                             
                                  

Monday, October 19, 2015

मोदीको किस्ताबन्दी आस्वासन:उपप्रधानमन्त्री थापास्वदेश फिर्ती

by:Sridos Basyal, 19 October 2015 (News)

भारतीय समकक्षी सुष्मा स्वराज संग भेट बार्ता 

उपप्रधानमन्त्री तथा पररास्ट्रमंत्री कमल थापा तिन दिने भारत भ्रमण टुंग्याई आज स्वदेश फिर्ता भएका छन्। उनले अहिलेको देशको अघोषित नाकाबन्दी र देशको असहज परिस्थितिलाइ समाधान गर्न पुगेका थिए। तर थापाको भ्रमण निकै असफल र किस्ताबन्दी आस्वासन लिएर फकिए। 

 नेपालि गाडी सहज रुपमा इन्धन उपलब्ध गरिदिने आस्वासन बोकेर रित्तै फर्किएका छन्।  भारतीय आधिकारीद्वारा सहज रुपमा नाकाहरु खोल्ने र इन्धन आपूर्ति गर्ने बचन दिएको भन्ने आसय लिएर फर्किए।  
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग पनि भेट गरेर फर्किएका थापाले अपूर्ण आस्वासन ल्याए।  भेटमा आपूर्ति हुने मुख्य नाका रक्शौल बाहेक अन्यबाट सहज हुने भन्ने संदेश लिएर फर्किए। 

प्रचण्डपथको रास्ट्रभक्ति ट्रयाक: भ्रस्ट्रचार र अपारदर्शी काम गरे बर्खास्त गर्ने चेतावनी

By:Sridos Basyal, २ कार्तिक २०७२ (बिस्लेषण )

                                               प्रचण्डपथ:एक अघोषित कम्युनिज्म विचारधारा

united comunist party of nepal (maoist) मालेमाबाद र प्रचण्डपथको ideological सिध्यांत जस्तो देखिन्छ। प्रचन्डपथ उनको सहकर्मीकै असहयोगका कारण आज उनले बिकाश गर्न लागेको कम्युनिज्म बाटो सायद यो ठाउमा आउने थिएन होला।  आजभन्दा करिब १६ वर्ष अगाडी कम्युनिस्टको नया Marxism-Leninism-Maoism सिध्यांतहरुको break even principles of communism लिएर हिड्ने एकमात्र ब्याक्ति थिए।  भन्ने गर्छन लेनिन र माओका बिचारधाराले यथार्थपक सैलीबाट सर्बसत्ताबाद तर्फ फड्को मार्न सहज पर्न जान्छ।  त्यसैको उदाहरण नेपालि राजनैतिक कम्युनिज्म सरकार र सत्ताको राम्रो सम्बन्ध रहेको देखिन्छ।
तत्कालिन माओबादि उपादक्ष्य मोहन बैध र बाबुरामको अस्वीकृतले प्रचण्डको दस्ताबेज एकीकृत हुन सकेन।

सहयोग  या असयोग नै भनौ बैधको भनाइ उदृत गर्छु "just as Marxism in Germany,Leninism in Russia and Maoism in china so prachanda path is Nepal's  identify of new revolution"
उनको यो भनाइ प्रति त्यति बिस्लेशण त गर्दिन तर नया क्रान्तिमा प्रचण्डको सिध्यांतले  पक्का नया बाटो समाउथ्यो। अहिले नेपालि कम्युनिज्म आन्दोलनको सुरुआत नै सामन्त र सत्ताबादको सिंघरि खेल्दै उच्च बिन्दुमा पुगेपछि स्खलित नै हुन् पुग्छ।
बिडम्बना नै हो…नेपाल कम्युनिज्म जनताको बर्चस्व देखिए पनि लोकतन्त्रको मन्त्रले मात्र पहुचमा पाहिला राख्न सफल भएको देखिन्छ। अहिले देशमा बामबंथिको सरकार छ तर उपदेश र हाबी त्यहि सदिहु कालकै लोकतन्त्रबादिको निर्देशित छ। न सत्ता लाइ पर राखेर माथि उठ्न सके न जनतालाई काधमा राखेर रास्त्रभक्तिको प्रतिनिधित्व नै गर्न सके।
अब अहिलेको सत्ता अथवा सरकारलाई सानो परिचालन सक्ति लिने जिम्बेवारी प्रचण्डले पनि लिएका छन्। आजमात्रै आफ्नो पार्टीको तर्फबाट सहभागी मन्त्रीहरुलाई कडा निर्देशन दिएका छन्.… आफ्नो पार्टीको भागमा परेका सबै मन्त्रीहरुलाई जनताको पक्षमा छिटोछरितो र प्रभाबकारी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् र जानका बिरुद्ध कुनैपनि अपार्दाशी कार्य गरेमा बर्खास्त गर्ने चेतावनी दिएर आफ्नो नेत्रीत्वको कुसलातापुर्बक पालना गरेको देखिन्छ। उनले सम्पूर्ण मंत्री र नेताहरुलाई बोलाएर राजनैतिक आस्थाका आधारमा भेदभाब नगरी समान व्यवहार गर्न र कुनै पुर्बग्रह नराखी काम गर्न आदेश दिएका छन्।
New revolution of communism 

आफुले जिम्बेवारी पाएको पदको दुरुपयोग,भ्रस्टचार भएको पाएमा मन्त्रीपदबाट बर्खास्त गर्ने चेतावनी दिएर प्रचण्डले नेपाल कम्युनिस्ट आन्दोलनको सम्मान गर्न लायक प्रचण्डपथलाई बिउझाएको भान भएको छ।
एसअघि एमालेका मंत्रीको जस्तो व्यवहार र कुनै पनि अस्वाभाविक कार्य नगर्न उनको पहललाई साच्चै उनको गुम्न लागेको साख फिर्ता गरेको छ। प्रचण्ड एक मान्छे भन्दा एक सिद्ध्यांतको रुपमा काम गरेर कम्युनिस्ट आन्दोलनलाई अर्को एउटा नया इतिहासले नया परिभाषा कोर्ने छ।  अब हामि सम्पूर्ण नेपालि जनता र कम्युनिजम विचारबाट प्रभाब छोड्न लागेको आम कार्यकर्तालाई पनि नया बिस्वासको बाताबरण बनाउन प्रचण्डपथले सहयोग गरोस। सुभकामना
 प्रचण्डपाथ अबको नया परिभाषा यस्तो होस् " prachanda path is nepal's identity of revolution which has a complete package of philosophy-economy-socilism."

Sunday, October 18, 2015

समावेशीको भागबन्डामा पाच-खालको दाउ: उपप्रधानमन्त्री

By:sridos basyal,१ कार्तिक २०७२ (राजनीति),


पाच-उपप्रधानमन्त्री पक्का:लोल 

 प्रधानमन्त्री केपी ओलीद्वारा दोश्रो चरणको मन्त्रीमंडल बिस्तार गरेका छन्। पहिलो चरणको बिस्तारमा दुइ उपप्रधानमन्त्रीको जिम्बेवारी दिएका ओलीले आफ्नो अनुपस्थितको लागि बलियो मन्त्रीमंडल बनाउने योजना देखिन्छ।
यसअघि विजय गच्छादार भौतिक योजना र कमल थापालाई पररास्ट्रमंत्रीको जिम्बेवारिमा उप-थप गरिदिएका छन्।  दोश्रो चरणमा नौ मंत्री नियुक्त गरेर मन्त्रीपरिषदको बिस्तार गरेका छन्। उपप्रधानमंत्री
सहित  एमाओबादिका उर्जा मंत्री टोपबहादुर, सक्ति बस्नेत गृहमन्त्री, गिरिराजमणि सिक्षा,रेखा शर्मा सामान्य प्रशासन,अग्नि सापकोटा बन,गणेशमान आपूर्ति,उमेश यादब सिंचाईमन्त्रीमा नियुक्त भएका छन्
त्यसैगरी फोरम लोकतान्त्रीकका रामजनम र बहुजन समाजबादी विश्वेन्द्र पासमान बिना टुंगो मंत्री भए। ओली पार्टी एमालेको भागका मन्त्रीको बिबादले छनोट नहुदै अहिलेको मंत्रीपरिसद २० सदस्य भएको छ।  जसमा सबै पार्टीको भागमा एक उप-सहित....................

लामो इतिहास तोड्दै जनमोर्चा अदक्षय चित्रबहादुर केसी पनि ओली सरकारको पक्षमा देखिएका सम्मानजनक पद पाए सरकारमा जाने सार्बजनीक नै गरे। त्यसको तात्पर्य उनलाई पनि एउटा उपप्रधानमन्त्री नै चाहिएको हो।  माले महासचीब सिपि मैनाली पनि एउटा कुनै मन्त्रालयसहित उपप्रधानमंत्री हुने पक्का छ।  एमालेको भागमा उपप्रधानमन्त्री हुने कोटा बाकि नै छ।  महत्वपूर्ण मन्त्रालयको जिम्बेवारी सहित सरकारमा जाने ओली गुट र नेपाल गुटको बिबादले आफ्नै पार्टीले पार्टीको तर्फबाट मंत्री छान्न सकेका छैनन।

 अब हेरौ एउटा नया इतिहासको ओली सरकार :उपप्रधानमन्त्रीको दाउ,,,,,,
१. एमालेको तर्फबाट:बिबादित उपप्रधानमन्त्री
२. एमाओबादिको तर्फबाट:टोपबहादुर रायमाझी
३. राप्रपा नेपालको तर्फबाट:कमल थापा
४. फोरम लोकतान्त्रीकको तर्फबाट:विजय गच्छादार
५. मालेको कोटा
६.जनमोर्चाको कोटा

पाचखालको मेरो बिस्लेषण पनि लाग्छ ओली सरकारले उछिन्ने हो जस्तो लाग्छ।  यो त मंत्रीपदको खालको हो कि पदको दाउ संसदमा समर्पित १६ दललाई नै नपुर्याउलान भन्न सकिन्न। यसरि उपप्रधानमन्त्री बाडियो भने आगामी सरकारका लागि सामान्य मंत्री पद मात्र भएर पुग्ने नेता नै नहुने होलान।  एकापटको उपप्रधानमन्त्री आगामी प्रधानमन्त्रीको दाबेदार मानिन्छ। पहिलो श्रेणीको नेताहरुलाई भाग नपुगेको प्र.म. पद दोश्रो र तेश्रो तहका नेतालाई बाडेपछी भाबि मंत्रीमा सामान्य मन्त्रीपद समाल्ने योग्य व्यक्ति हामि नै बाकि हुने भैयो...........................


सलमान र सोनामको प्रेम लिला:"प्रेम रतन धन पायो"

By: Sridos Basyal, १ कार्तिक २०७२ (मनोरंजन)

मुम्बईको एक कार्यक्रममा तिहारमा रिलिजको लागि डेट तोकिएको सल्मान खान अभिनित चलचित्र प्रेम रतन धन पायो को ट्रेलर सार्बजनिक गरियो।  जसमा त्यहि चलचित्रका कलाकारहरुको उपस्थित थियो। आगामी नोबेम्बर १२ तारिखमा रिलिज तय गरेको चलचित्रमा सलमान खान,सोनम कपुर,अनुपम खेर,निल नितिन,स्वरा भास्कर आदि कलाकारहरुको मुख्य भूमिकामा रहेका कलाकारको उपस्थित रहेको थियो। 
फ्लिम प्रेमिकाको भूमिकामा सोनम कपुरले  प्रेम-लीला द्वारा प्रेम (प्रेमी) लाइ भरपुर साथ् दिने छिन र उनका
फ्यानलाई उनीहरुको यो जोडीलाई साथ् दिने छन्।
व्यापारिक द्रिस्टिकोणले एकदमै सफल स्टार सलमानको यो चलचित्रले भरपूर्ण मनोरंजन दिने बिस्वास भएको फ्लिमी रिपोर्टरहरु बताउछन। संगीतको पक्ष एकदमै सफल देखिएको चलचित्रको संगीत हिमेश रेस्मिया को रहेको छ र निर्देशन सुरज बार्ज्यात्यले गरेका छन्। 
directed by: Sooraj Barjatyaproduced by: ajit kumarkamal kumarrajkumarmusic by: himesh reshammiya production company rajshri productionsdistribution by : fox star studios 



contact

contact us;
sridos basyal 
permanent addressmakar-5,nawalparasi
temp.address:kathmandu
Mailing address:kathmandu,nepal
cell no.:9779847260533
email: bsyl.sridos1@gmail.com
bsyl.sridos1@outlook.com
bsyl.sridos1@yahoo.com
on twitter:www.twitter.com/sridos
stagram:bsyl.sridos1


Friday, October 16, 2015

बन्दुके जनबादी क्रान्तिले प्राप्त गरेको सर्बोच्च ओहदा:सभामुख

                               बन्दुके जनबादी क्रान्तिले प्राप्त गरेको सर्बोच्च ओहदा:सभामुख
By: sridos basyal, २९ आश्विन २०७२


भौगोलिक ठाउ हेर्ने हो भने रोल्पाको बिकट अनि जनाबादि क्रान्तिको उदगम स्थलमा जन्म भएकी निबर्तमान उपसभामुख ओनसरि घर्ति मगर राज्यको एक उच्च ओहदामा  पुग्न सफल नेपालि महिला हुन्। संबिधान घोषणा लगत्तै परिबर्तित व्यवस्थापिका संसद द्वारा निर्बिरोध निर्बाचन भएकी छिन।

राजनैतिक जिवनकाल उनमा त्यति सहज रहेन जब राज्य बिरुद्द हतियारको राजनीतिमा उनीपनि सनग्लन थिइन्। माओबादि जनयुद्ध कालमा उनले भोगेका तिता होस् या मिठा होस् त्यी सबै अनुभब पक्कै पनि सफल यातार्थपरक कथा बन्न सफल हुन्छ। माओबादिको जनयुद्द २०५२ सालमा  थालानि भएदेखि नै उनले एक सामान्य बिद्यार्थी राजनीतिबाट फड्को मारिन अन्तत:अहिलेको यो पद सम्हाल्ने सक्षम व्यक्तिको रुपमा देखा परिन।
माओबादि जनबादी प्रेम बिबाहबाट आफ्नो दाम्पत्य जीवन सुरु गर्ने उनका जीवनसाथी पनि माओबादीकै एक नेता हुन्।  उनले पार्टीलाई आफ्नो कुसलता र सशस्त्र संघर्ष बाट आफ्नो सहयोग र भरोसा दिन सक्ने ओनसरी महिला नेत्रीको रुपमा भूमिगत जीवन बिताइन। करिब १० बर्ष शसस्त्र जनयुद्दमा लागेको घर्ति एक सामान्य परिवारकी चेली हुन्।  उनले एसएलसी सम्म अध्धयन गरेपनि संबिधानसभाको उपादक्षको पदबहल राम्रो संग निभाउन सफल भइन।
माओबादिको जनयुद्दकालमा रोल्पा जिल्ला सदस्य साथै क्षेत्रीय हुदै २०७० सालमा पोलिटब्युरो सदस्य घर्ति पहिलो सम्बिधान्सभाकी  सदस्य  बनिन र दोश्रो संबिधानसभामा एकमात्र महिला प्रतिनिधित्व भएर माओबादीको तर्फबाट सदस्य रहिन।
बन्दुकको  नाल हुदै अहिले सर्बोच्च पदमा निर्बाचित ओनसरी घर्ति नेपालको इतिहासको पहिलो महिला सभामुख हुन्। उमेरले ३८ बर्षकी घर्ति अहिलेसम्मकै कम उमेरकी सभाप्रमुख हुन्। ससस्त्र संघश्र गर्दै भूमिगत जीवन बिताएकी घर्ति निर्बाचनले नेपालको इतिहासमा महिला अधिकारलाइ र महिला सक्षमतालाई बलियो उदाहरण दिएको छ।  जनजाति तर्फबाट अनि महिला नेत्रीत्वबाट सफल पदमा पुग्न सफल भएकी छिन।

नेपालि राजनैतिक इतिहासमा उनको यो कार्यकाल सफल अनि सक्षम नेत्रित्वकर्ताको भूमिकामा सधै सम्झना लायक रहिरहुन।  सुभकामना



सुभकामना दिएर के भो ? दसा लाग्ने दसैँ आउछ।





सुभकामना दिएर  के भो ? दसा लाग्ने दसैँ आउछ।
फलोस फुलोस भन्दै दुख दिने दशैँ आउछ ।।
सुभकामना दिएर  के भो ? दसा लाग्ने दसैँ आउछ।।

मनमा शान्ति छर्न सुटुक्क भ्रम लिएर
मखमली माया मौलाएर भो? दशा लाग्ने दशैँ आउछ। ।

जीवनमा परिभाषा भिन्न बनाएर
सयपत्री खुसि मुस्कुराएर भो ? दशा लाग्ने दसैँ आउछ।।

मैसासुरको अन्त्य सत्यलाइ अँगालो हालेर
निधारको टिका चम्किएर के भो ? दशा लाग्ने दसैँ आउछ। ।



बिज्ञापनका लागि सुचना


                                                    बिज्ञापनका लागि सुचना

                           यो ब्लग अथवा पेजमा कुनैपनि व्यापारिक बिज्ञापन वा ब्याक्तिगत गित,समाचार तथा समसामाहिक सुचना प्रकाशन गर्न परे सम्पर्क गर्नुहोला।  धन्यबाद
 सम्पर्क : www.facebook.com/bsyl.sridos1
 www.twitter.com/sridos वा ९८४७२६०५३३ मा पनि गर्न सक्नुहुनेछ। 

Wednesday, October 7, 2015

साइकल चड्नेको पाइडल भाचियो

                                           साइकल चड्नेको पाइडल भाचियो 

किरिंग किरिंग घन्टी बजाउने,
साइकल चद्नेको पाइडल भाचियो
सधै दुइ छाक भरिदिनेको पैदल भाचियो।


दुइ हातको साहरा लिने ,
साइकल चड्नेको पाइडल भाचियो
अपाङ्गको दुइ गोडा जोड्नेको पैदल भाचियो।


भारि बोक्ने भरिया थियो ,
साइकल चड्नेको पाइडल भाचियो
चौतारीमा बिसाउने बटुवाको पैदल भाचियो।



हावा भरे फुटने नभरे पाइला नसर्ने
साइकल चड्नेको पाइडल भाचियो
आफ्नै काधमा बोक्ने साधन अनायस्सै पैदल भाचियो ।।



  

Tuesday, October 6, 2015

सिरको टोपी-पुर्खाको यो नेपाल


सिरको टोपी-पुर्खाको यो नेपाल




सिरको टोपी न झुक्छ हाम्रो,
न अस्ताउछ चन्द्र र सुर्य
सस्कृति ,पहिचान,सार्बभौम हाम्रो
गर्ब गर्ने नेपाल।

उच्च सिर पहाडका नदीनाला
बेशी झर्ने झरना
सगरमाथा सिखर झैँ
अटल हुने नेपाल।

नेपालीको कर्मथलो केन्द्र हाम्रो
धर्मथलो धर्मात्मिको
जनक र बुद्धको शान्ति भुमि
स्वर्ग जस्तो नेपाल।


मुटु भित्र धर्तिमाता
स्वतन्त्र छौ आफ्नै काखमा
दासी बिरुद उन्मुक्तिलाइ
कठोर छ नेपाल।।

मयुर,डाफे थरि थरि पक्षि
चिर्बिराउने बन जंगल
बिबिध जाति हाम्रो
पुर्खाको यो नेपाल।।
tweets for social cause nepal (tfscn) को रक्तदान कार्यक्रम 

                        MBA unforgettable momments outing program


 twitter अन्तर्गत महिनावारी कार्यक्रम हाइकिङ्ग को लाकुरिभंज्यांग रुट 





Sunday, October 4, 2015

सत्ता सूचांक: नेपालीको सस्तो रास्ट्रबाद

                                          सत्ता सूचांक: नेपालीको सस्तो रास्ट्रबाद

न सिर झुक्छ कहिल्यै , न नेपालि टोपी नै , नेपालि भन्दा गोर्खालीको पहिचान बोकेको खुकुरी न झुक्छ न स्वाभिमान माथि आच आउनेलाई नै बाकि राख्छ।  सारा बिस्वले चिन्ने एक मात्र पहिचान हो नेपाल र नेपालि।         मिठो सब्द बाणि हानियो पक्का रास्ट्रीय भाब आयो होला पक्कै पनि मेरो मनमा पनि आउछ र आयो पनि।  यो नेपालि को सिर हो न कहिल्यै झुक्यो न कहिल्यै झुक्छ।  जय देश ।। जय नरेश ।। जय नेपाल ।।।

यी र यस्तै रास्ट्रबाद भनौ अझ रास्ट्रिय सब्द मा भनौ रास्ट्रभक्ति।  शासकीय बितिश्णा नै फैलिएको जनताको मनमा केहि रास्ट्रबादले पार्टीका नेत्रीत्वले आफुलाई सुरक्षाको छाहारीमा लुकाउन केहि समय भएपनि सफल हुन्छन र त्यसैको मौका स्वरूप् देशको सर्बसत्ताबाद तर्फ उन्मुख हुन् पुग्छ र फुरुंग भएका हामि त्यहि दुइ चार सब्दको गृहकार्य गर्दै हुन्छौ।  पत्तो हुदैन कुनबेला सत्तामा त्यहि रास्ट्रभक्तिले पाइला टेकीसकेछ।

अलिकति रास्ट्रीय अथवा प्रयोगात्मक कुरा गर्न चाहे।
नेपाल नदि नै नदि भएको धनि रास्ट्र, अझ अर्को बन जंगलको धनि , फेरी राख्न चाहे सस्कृति अनि भेषभुषाका धनि, पहाड अनि हिमाल प्राकृतिक सुन्दरताका धनि ,बिभिन्न जातजातिका धनि यी सबैलाई एकै सब्दमा लेखेर एकै ठाउमा बाध्यौ।

सयौ थुङ्गा फूलका हामि, एउटै माला नेपालि
सार्बभौम भै फैलिएका मेची-महाकाली।

प्रकृतिका कोटी-कोटी सम्पदाको आचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि,शान्तिभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति भाषा धर्म सस्कृति छन् बिशाल
अग्रगामी रास्ट्र हाम्रो जय जय नेपाल ।।


सब्दमा बाध्न सक्यौ तर व्यवहारमा उतार्न सकेनौ । नदि नदि को देश हाम्रै भूमिमा भारतीय सत्ताको हाभी छ त्यहि पानीमा आफ्नो नागरिकको जीविकोपार्जन गराउन सफल भारतीय शासक खेल्ने मैदान भएको छ।  हामि धनि "गहत जसरि बगाई छोड्न बाध्य छौ " लाखौ खेतीयोग्य जमिन बाझो छोड्न सक्छौ सानो अग्रसरतामा त्यो सोर्स उपयोग गर्न सक्दैनौ।  अन्य धनको त कुरै नगरौ। सस्कृति को त हामि आफै बलात्कार नै गर्दै छौ ,प्राकृतिक सुन्दरतालाई सदुपयोग भन्दा दुरुपयोग गर्न सक्षम छौ।
म कसैलाई दोष दिन्न र दिन चाहन्न पनि,,,,,,,,,,,,

दुइ दिनको रास्ट्रबाद 

समसामाहिक नै भन्न रुचाए भारतीय दबाब वा भारतीय सत्ताको हाम्रा राजनैतिक र आर्थिक हस्तक्षेप प्रस्ट देखियो र भोगियो।  हामि कति मौन रहेउ कति रास्ट्रभक्त पोखेउ।  लाग्छ हाम्रो रास्ट्रबाद पानीमा तेल खन्याए जस्तै माथि माथि तैरिरह्यो भित्र सम्म पुग्ने पाएन ,भारतीय रास्ट्रीय राजनीति हाम्रो सोच र पहुच भन्दा धेरै माथि छ र रास्ट्रिय स्वार्थ भन्दा बिदेशी नीति र आदेशको भरमा हिड्ने हाम्रो रास्ट्र नै कमजोर खम्बा हो जसले सधै हाललाई रहन्छ।  हामि त्यहि मेहिमा बाधेर राखेको दाइँ गर्न हिडेको आज्ञाकारी रास्ट्रभक्त जस्तो देखिन्छौ ।  हामि अलिकति पनि सोचमा हाम्रो सिप,सोच र श्रममा बिस्वास गर्न सक्छौ भने हाम्रै सक्षमतालाई बलियो कडी बनाउन सक्छौ।
त्यहि समयमा सार्बजनिक रुपमै नेताहरुको रास्ट्रभाब पूर्ण अभिव्यक्ति आए र त्यो जनतामा भ्रम फैलाउन ठुलै अस्त्र बन्यो र सफल भए पनि।  त्यो कुरा बिस्तारै छर्लंग पानीमा देखिन लागेको छ।  सत्तामा रहेको नेपालि कांग्रेस र एमालेको कुनैपनि सार्बजनिक अभिव्यक्त नआउनु र प्रधानमन्त्री पद सम्हालेका सुसिल कोइराला मौन स्वरुप भारतीय नाकाबन्दीको समर्थन नै गर्यो भन्दा ठुलो गल्ति मबाट देख्दिन।  करिब ९ दिनको अप्रत्यक्ष अभाब र समस्या सत्ताधारी शासनमा रमाउने कुनैपनि व्यक्तिको कुनै पहल नै भएन बरु एउटा महत्वपूर्ण पद सम्हालेका संचार मन्त्रीको राम्रै अभिव्यक्ति र आदेश आयो र उनि आफ्नो पहलबाट सफल पनि भए।
बिषय: हिन्दि च्यानल बन्द गर्ने अग्रगामी नेपालीको पहल
प्रतिस्प्रर्धि: मौन जनता र रास्त्रभक्ति मंत्री
आम जनताको ठुलो प्रयास स्वरुप बन्द भएको भारतीय चित्र उनको एक आदेशले सबै जनता चुप नै रहे र उनको कार्य सफल रहे र भारतप्रति उनको गुण लगाए।

हामि साइकल छाडेर पनि हिडियो।
हामि प्लेनको सुन्यतालाई पनि सहियो।
हाम्रो सार्बभौम बचाउन सफल पनि हुन् सकियो।
नेपालीको सानो पहलले अन्तरास्ट्रीय आलोचना गराउन पनि सफल हुन् पुगियो।

तर सबैभन्दा सफल हाम्रै मौन सरकार र सत्ताधारी अझै भनौ आज्ञाकारी कुर्सि भयो र ठुलै आसिर्बाद थापेर अर्को सत्तालाई खेलाउन लागिसके ।
कोइराला सरकार कतिसम्म भारतप्रति उदार छ भन्ने प्रट्र नै भयो। हुन् त भारतको आसिर्बाद थाप्ने प्रथा नया त् होइन राजामहाराजालाई समेत असफल बनाउन भारतलाइ पुकार्ने यिनै नेत्रित्व हुन्।
नेपाल र भारत भन्दा दिल्ली र राजधानी काठमांडूको सम्पर्क गर्ने चलन बीपीले गर्ने सम्झौता देखि अबको नया नेत्रित्वको दाबि गरेका ओलीले पनि चलाउने छन्।  बिस्वास छ।