Tuesday, October 6, 2015

सिरको टोपी-पुर्खाको यो नेपाल


सिरको टोपी-पुर्खाको यो नेपाल




सिरको टोपी न झुक्छ हाम्रो,
न अस्ताउछ चन्द्र र सुर्य
सस्कृति ,पहिचान,सार्बभौम हाम्रो
गर्ब गर्ने नेपाल।

उच्च सिर पहाडका नदीनाला
बेशी झर्ने झरना
सगरमाथा सिखर झैँ
अटल हुने नेपाल।

नेपालीको कर्मथलो केन्द्र हाम्रो
धर्मथलो धर्मात्मिको
जनक र बुद्धको शान्ति भुमि
स्वर्ग जस्तो नेपाल।


मुटु भित्र धर्तिमाता
स्वतन्त्र छौ आफ्नै काखमा
दासी बिरुद उन्मुक्तिलाइ
कठोर छ नेपाल।।

मयुर,डाफे थरि थरि पक्षि
चिर्बिराउने बन जंगल
बिबिध जाति हाम्रो
पुर्खाको यो नेपाल।।

No comments:

Post a Comment