Sunday, October 4, 2015

सत्ता सूचांक: नेपालीको सस्तो रास्ट्रबाद

                                          सत्ता सूचांक: नेपालीको सस्तो रास्ट्रबाद

न सिर झुक्छ कहिल्यै , न नेपालि टोपी नै , नेपालि भन्दा गोर्खालीको पहिचान बोकेको खुकुरी न झुक्छ न स्वाभिमान माथि आच आउनेलाई नै बाकि राख्छ।  सारा बिस्वले चिन्ने एक मात्र पहिचान हो नेपाल र नेपालि।         मिठो सब्द बाणि हानियो पक्का रास्ट्रीय भाब आयो होला पक्कै पनि मेरो मनमा पनि आउछ र आयो पनि।  यो नेपालि को सिर हो न कहिल्यै झुक्यो न कहिल्यै झुक्छ।  जय देश ।। जय नरेश ।। जय नेपाल ।।।

यी र यस्तै रास्ट्रबाद भनौ अझ रास्ट्रिय सब्द मा भनौ रास्ट्रभक्ति।  शासकीय बितिश्णा नै फैलिएको जनताको मनमा केहि रास्ट्रबादले पार्टीका नेत्रीत्वले आफुलाई सुरक्षाको छाहारीमा लुकाउन केहि समय भएपनि सफल हुन्छन र त्यसैको मौका स्वरूप् देशको सर्बसत्ताबाद तर्फ उन्मुख हुन् पुग्छ र फुरुंग भएका हामि त्यहि दुइ चार सब्दको गृहकार्य गर्दै हुन्छौ।  पत्तो हुदैन कुनबेला सत्तामा त्यहि रास्ट्रभक्तिले पाइला टेकीसकेछ।

अलिकति रास्ट्रीय अथवा प्रयोगात्मक कुरा गर्न चाहे।
नेपाल नदि नै नदि भएको धनि रास्ट्र, अझ अर्को बन जंगलको धनि , फेरी राख्न चाहे सस्कृति अनि भेषभुषाका धनि, पहाड अनि हिमाल प्राकृतिक सुन्दरताका धनि ,बिभिन्न जातजातिका धनि यी सबैलाई एकै सब्दमा लेखेर एकै ठाउमा बाध्यौ।

सयौ थुङ्गा फूलका हामि, एउटै माला नेपालि
सार्बभौम भै फैलिएका मेची-महाकाली।

प्रकृतिका कोटी-कोटी सम्पदाको आचल
वीरहरुका रगतले, स्वतन्त्र र अटल।

ज्ञानभूमि,शान्तिभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल।

बहुल जाति भाषा धर्म सस्कृति छन् बिशाल
अग्रगामी रास्ट्र हाम्रो जय जय नेपाल ।।


सब्दमा बाध्न सक्यौ तर व्यवहारमा उतार्न सकेनौ । नदि नदि को देश हाम्रै भूमिमा भारतीय सत्ताको हाभी छ त्यहि पानीमा आफ्नो नागरिकको जीविकोपार्जन गराउन सफल भारतीय शासक खेल्ने मैदान भएको छ।  हामि धनि "गहत जसरि बगाई छोड्न बाध्य छौ " लाखौ खेतीयोग्य जमिन बाझो छोड्न सक्छौ सानो अग्रसरतामा त्यो सोर्स उपयोग गर्न सक्दैनौ।  अन्य धनको त कुरै नगरौ। सस्कृति को त हामि आफै बलात्कार नै गर्दै छौ ,प्राकृतिक सुन्दरतालाई सदुपयोग भन्दा दुरुपयोग गर्न सक्षम छौ।
म कसैलाई दोष दिन्न र दिन चाहन्न पनि,,,,,,,,,,,,

दुइ दिनको रास्ट्रबाद 

समसामाहिक नै भन्न रुचाए भारतीय दबाब वा भारतीय सत्ताको हाम्रा राजनैतिक र आर्थिक हस्तक्षेप प्रस्ट देखियो र भोगियो।  हामि कति मौन रहेउ कति रास्ट्रभक्त पोखेउ।  लाग्छ हाम्रो रास्ट्रबाद पानीमा तेल खन्याए जस्तै माथि माथि तैरिरह्यो भित्र सम्म पुग्ने पाएन ,भारतीय रास्ट्रीय राजनीति हाम्रो सोच र पहुच भन्दा धेरै माथि छ र रास्ट्रिय स्वार्थ भन्दा बिदेशी नीति र आदेशको भरमा हिड्ने हाम्रो रास्ट्र नै कमजोर खम्बा हो जसले सधै हाललाई रहन्छ।  हामि त्यहि मेहिमा बाधेर राखेको दाइँ गर्न हिडेको आज्ञाकारी रास्ट्रभक्त जस्तो देखिन्छौ ।  हामि अलिकति पनि सोचमा हाम्रो सिप,सोच र श्रममा बिस्वास गर्न सक्छौ भने हाम्रै सक्षमतालाई बलियो कडी बनाउन सक्छौ।
त्यहि समयमा सार्बजनिक रुपमै नेताहरुको रास्ट्रभाब पूर्ण अभिव्यक्ति आए र त्यो जनतामा भ्रम फैलाउन ठुलै अस्त्र बन्यो र सफल भए पनि।  त्यो कुरा बिस्तारै छर्लंग पानीमा देखिन लागेको छ।  सत्तामा रहेको नेपालि कांग्रेस र एमालेको कुनैपनि सार्बजनिक अभिव्यक्त नआउनु र प्रधानमन्त्री पद सम्हालेका सुसिल कोइराला मौन स्वरुप भारतीय नाकाबन्दीको समर्थन नै गर्यो भन्दा ठुलो गल्ति मबाट देख्दिन।  करिब ९ दिनको अप्रत्यक्ष अभाब र समस्या सत्ताधारी शासनमा रमाउने कुनैपनि व्यक्तिको कुनै पहल नै भएन बरु एउटा महत्वपूर्ण पद सम्हालेका संचार मन्त्रीको राम्रै अभिव्यक्ति र आदेश आयो र उनि आफ्नो पहलबाट सफल पनि भए।
बिषय: हिन्दि च्यानल बन्द गर्ने अग्रगामी नेपालीको पहल
प्रतिस्प्रर्धि: मौन जनता र रास्त्रभक्ति मंत्री
आम जनताको ठुलो प्रयास स्वरुप बन्द भएको भारतीय चित्र उनको एक आदेशले सबै जनता चुप नै रहे र उनको कार्य सफल रहे र भारतप्रति उनको गुण लगाए।

हामि साइकल छाडेर पनि हिडियो।
हामि प्लेनको सुन्यतालाई पनि सहियो।
हाम्रो सार्बभौम बचाउन सफल पनि हुन् सकियो।
नेपालीको सानो पहलले अन्तरास्ट्रीय आलोचना गराउन पनि सफल हुन् पुगियो।

तर सबैभन्दा सफल हाम्रै मौन सरकार र सत्ताधारी अझै भनौ आज्ञाकारी कुर्सि भयो र ठुलै आसिर्बाद थापेर अर्को सत्तालाई खेलाउन लागिसके ।
कोइराला सरकार कतिसम्म भारतप्रति उदार छ भन्ने प्रट्र नै भयो। हुन् त भारतको आसिर्बाद थाप्ने प्रथा नया त् होइन राजामहाराजालाई समेत असफल बनाउन भारतलाइ पुकार्ने यिनै नेत्रित्व हुन्।
नेपाल र भारत भन्दा दिल्ली र राजधानी काठमांडूको सम्पर्क गर्ने चलन बीपीले गर्ने सम्झौता देखि अबको नया नेत्रित्वको दाबि गरेका ओलीले पनि चलाउने छन्।  बिस्वास छ।




No comments:

Post a Comment